नियम ३३
अनुमानित करको विवरण आवश्यक नपर्ने
ऐनको दफा ९५ को उपदफा (६) को प्रयोजनको लागि विभागले देहायका व्यक्तिहरूलाई ऐनको दफा ९५ को उपदफा (१) बमोजिमको अनुमानित करको विवरण पेश गर्नु नपर्ने गरी तोक्न सक्नेछः–
(क) ऐनको दफा ९६ बमोजिम विवरण दाखिल गर्नु नपर्ने व्यक्ति,
(ख) ऐनको दफा ४ को उपदफा (३) बमोजिमको व्यक्ति, र
(ग) ऐनको दफा ४ को उपदफा (४) मा उल्लिखित व्यक्ति ।